हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै  मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा सामान्य बदली र तराई भूभागमा आंशिक बदली रहेको छ ।

आइतबार देशको अधिकांश भू-भागमा  सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोमबार र मंगलबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com