सबैलाई पठाउनु होला

 

सीता दाहाल त्यो ब्यक्ति हुनुहुन्छ जस्ले हजारौं योद्धाहरुको निम्ति एउटि आमाको आभास गराउदै , गणतन्त्र प्राप्तिको निम्ति हाम्रा हजारौं योद्धाहरुलाई उर्जा पैदा गर्नुभएको महान इतिहास हामी सग प्रशस्त छन् । सीता दाहाल प्रचण्डको मात्र जीवन साथी होइन । प्रचण्डको गरेको पाइलामा साथ दिने र गणतन्त्र नेपालको आमा सहजै भन्न सकिन्छ । आफै एउटि महान योद्धा हुनु भएको इतिहास हामी सग छर्लङ्गै छ । परिवारको सबै सदस्य परिवर्तनको लागि जनयुद्धमा हुमिदा परिवारको हरेक सदस्य ले प्रचण्ड लाई साथ दिए । मुलुकमा गणतन्त्र प्राप्त गर्नको निम्ति के प्रचण्ड परिवार को महत्व पूर्ण हात छ । परिवर्तन को लागि लड्दा केही क्षेति हुनु स्वाभाविक हो । तर त्यसलाई नै प्रश्न गरिरहन उचित हुँदैन । हरेक नेपाली नागरिकको हक अधिकारको लागि लडेका मध्य सिता दाहाल तत्कालीन योद्धा हरुको आमा मात्रै बनिनन् गणतन्त्र नेपाली आमा पनि बनिन् । हरेक महिलाको अधिकारको लागि पनि सिता दाहालको भूमिका छ । प्रचण्ड परिवारले जनताको सेवा गर्न पाउने अधिकार नै छैन त्यसो भए ?? हाम्रा महान सहिदको बलमा गणतन्त्र प्राप्त भयो ,धेरै योद्धा राज्य पक्ष बाट मारिए ,कति योद्धा घाइते भए ,कति योद्धा बेपत्ता भए , तानाशाह राजतन्त्रले प्रचण्ड को टाउको मुल्य तोक्यो जतिबेला सीता दाहाल आफू स्वयम आफ्नो बच्चाहरुलाई पनि युद्ध मैदान मा सरिक गर्नु भो, सर्बोच्च कमान्ड गर्नुभएको कमरेड प्रचण्ड को हौसला ,प्रेरणा कि स्रोत हो सीता हो । आज हजारौं योद्धा को आमा को भुमिका निर्बाह गरिरहनु भएको छ ।
यति खेर सिता दाहालको स्वास्थ्य अवस्था कमजोर छ । हिजोको साहसी महिलाको भूमिकाको मूल्याङ्कन । सरकारको तर्फ बाट थुप्रै सम्मान गर्न पर्ने हो । तर सरकारले सम्मान गर्दा गणतन्त्र विरोधीहरूले विरोध गर्नेछन् । योगदान नै नगरेकाले योगदानको सम्मान गर्न आउँदैन ।
६३/६४ मा गणतन्त्र प्राप्त गर्दा गणतन्त्र नेपाल को रास्ट्र पिता प्रचण्ड सबैले भनेकै हो ,गणतन्त्र नेपाल को रास्ट्रमाता सीता दाहाल भनेकै हो ।

 

छोरी रेनु दाहालले बुवा (प्रचण्ड) को व्यक्तित्व निर्माणमा आमा (सीता दाहाल) को ठूलो योगदान रहेको बताएकी छिन्।

भरतपुर महानगरकी मेयरसमेत रहेकी उनले जीवनका जस्तासुकै दुखकष्टमा पनि आमाले बुवाको साथ नछोडेको बताइन्।

उनले भनिन्, ‘भनिन्छ नि पति होस् त प्रचण्डजस्तो। तर, पत्नी होस् त सीताजस्तो पनि हामीले भुल्नु हुँदैन। आमाको जीवनमा बुवा जति महत्वपूर्ण हुनुहुन्छ, बुवाको व्यक्तित्व निर्माणमा पनि आमाको ठूलो योगदान छ।’

रेनुले संकटकाल र सशस्त्र युद्धको कहालीलाग्दो अवस्थामा पनि आमा सीताले पार्टी र बुवालाई निरन्तर साथ दिएको बताइन्। उनले भनिन्, ‘आमाका लागि सबैभन्दा ठूलो पार्टी र आन्दोलन थियो, त्यसपछि बुवा।

आफन्त र परिवारभन्दा जहिले पनि उहाँले पार्टी र बुवालाई माथि राख्नुभयो।’

कमरेड प्रचण्डलाई आज विश्वले चिन्दछ, प्रचण्डलाईप्रचण्ड बनाउन सीता दाहालको त्यति नै भुमिका छ । तर ओलीहरुले यी कुरा बुझ्दैनन् । किनकि महिला केवल श्रीमती र दास मात्र हुन् तिनको आफ्नो कुनै पहिचान हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com