१९ असोज, काठमाडौं ।चाड पर्ब नजिकिदै गर्दा चोरी र ठगि गर्नेहरु बढेका छन् ।  ठगी गरेको आरोपमा प्रहरीले दुई महिलालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले आज  काभ्रे बनेपा नगरपालिका–३ की १९ वर्षीया उर्मिला भन्ने युनिसा मगर र काभ्रे नमोबुद्ध नगरपालिका–८ की २६ वर्षीया रोशनी भन्ने सुनिता तामाङलाई सोमबार पक्राउ गरेको हो ।

उनीहरुले काठमाडौंको बौद्ध बस्ने एक पुरुषलाई एयरपोर्टबाट ट्याक्सीमा बस्न लगाएर ललितपुरको चापागाउँमा लागि  उनको साथमा भएको २ लाख ५० हजार रुपैयाँ बराबरको सुनको औंठी ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com