सोमबार ८ कार्तिक,   कोटेश्वरमा सोमबार बिहानै ५ बजे ‘सडक भत्कियो’ भन्दै माहानगरीय ट्राफिक प्रहरी प्रभागमा  फोन आएको थियो। यात्रु तथा त्यहाको स्थानीयले तत्काल ट्राफिक प्रहरीलाई जानाकारी गराए  ।

नयाँबानेश्वर-तीनकुने सडक खण्ड  अन्तर्गत सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालयबीचको सडकमा ठूलो भ्वाङ परेको बताएका थिए।

प्रभागका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाका अनुसार १५ फिटजतिको गहिरो खाल्डो रहेको जानकारी आएको थियो।

बेरिकेड्स राखेर सवारीसाधन डाइभर्ट गर्न लगाएँ, चार ठाउँमा प्रहरीहरू खटाएँ,’ देवकोटाले भने, ‘यति भएपछि खाल्डो परेको ठाउँमा घेरा हाल्यौं।’

समयमै प्रहरीले खाल्डो परेको ठाउँलाई सुरक्षित गरेकाले थप जोखिम घटेको थियो।

सधैं व्यस्त र सवारी चाप अत्यधिक हुने त्यो क्षेत्र प्रतिनिधिसभा भवन नजिक पनि हो। ‘बिहानैदेखि सवारीसाधन डाइभर्ट गर्दा समस्या भइरहेको थियो, सकेसम्म सवारी चाप कम गराउन अन्यत्रका युनिटहरूलाई भन्यौं,’ देवकोटाले भने, ‘मुख्य सडकको एउटा लेनमा मात्रै सवारीसाधन चलाउन दिइयो।’

खाल्डो भएको क्षेत्रले एउटा लेन नै ओगटेको थियो।

त्यसपछि ट्राफिक प्रहरीले सडक विभागमा जानकारी पठायो। यो सडक काठमाडौं सडक डिभिजन कार्यालय मातहतको हो।

डिभिजन सडकको टोली १० बजेपछि मात्रै घटना भएको ठाउँमा पुगेको थियो। टोलीले एउटा एक्स्काभेटर साथमै लिएर गएको थियो। एक्स्काभेटरले सडक कोपर्न थाल्यो। जति कोपर्दै गयो, सडकभित्र अजंगको खाल्डो देखिँदै गयो।

उनका अनुसार एक्स्काभेटरले खन्दै जाँदा झन्डै पाँच मिटर लम्बाइ, त्यति नै चौडाइ र करिब पन्ध्र फिट गहिरो खाल्डो बनेको छ। तर सडकको टोलीले नापजाँच गरिसकेको छैन। पूरै खोतलेपछि मात्र यसको आकारप्रकार नाप्न मिल्ने टोलीमा रहेका इन्जिनियरले बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com