कार्तिक ८ । पाँचथरमा भएको बस दुर्घटनामा ४  जनाको ज्यान गएको छ । चाडपर्बको कारण यात्रुहरुको चाप बढ्न थालेपछि यात्रामा जोखिम बढे संगै घटना हुदा ठुलो क्षेती हुने गरेको छ ।

मृत्यु हुनेमा २ महिला र २ जना बच्चा रहेका छन् । फिदिम ४ सरखण्डेमा अहिले विहान अन्दाजी साढे १० बजे बस पल्टिएको थियो । काे १ ख ३८६५  नम्बरको बस यात्रु लिएर शिवा दोभान बाट फिदिम तिर आउदै थियो । केहि दिन अगाडीको झरीले शिवाखोलाको पुल बगाएपछि पारि पट्टी सम्म अर्कै गाडिमा यात्रुहरु यासोक तथा आङसराङबाट आएका थिए ।

शिवा खोलाको पुलमा हिडेर तरेपछी फिदिमबाट गएको बसमा यात्रुहरु चढेर आएका थिए । बस चढेको करिव ५ मिनेटको बाटोमा अटो रिक्सालाइ लाइ ओभरटेक गर्ने क्रममा बस माथ्लो बाटोबाट तल्लो बाटोमा खसेको घाइते यात्रुले जानकारी दिए ।

दुर्घटनामा ६० भन्दा धेरै घाइते भएका छन् । मृतक र घाइते को सनाखत हुन सकेको छैन् ।  जिल्लाका ३ वटै अस्पताल विरामीले भरिएका छन् भने गम्भिर घाइतेलाइ थप उपचारको लागि बाहिर रेफर गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com