कार्तिक १२ बुटवल – लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही सवार गाडीले  मोटरसाइकललाई ठक्कर दिएको छ । बिहीबार साझ ५ बजेतिर मन्त्री शाही सवार भे १ झ ३३१ नम्बरको सरकारी नम्बर प्लेट भएको  स्कर्पिओले लु ७८ प ५६६३ मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा रुपन्देहीको तिलोत्तम –३, शंकरनगरमा मन्त्री सवार गाडीले ठक्कर दिँदा बुटवल उपमहानगरपालिका–१२, तामनगर निवासी २० वर्षीय मिगिन मगर घाइते भएका छन । दुर्घटनामा परी घाइते व्यक्तिको कुनै वास्ता नगरी मन्त्री शाही आफुलाई हतार भएको भन्दै अर्को गाडीमा चढेर भैरहवातर्फ गएको घटनाका प्रत्यक्षदर्शीको भनाइ छ । तर मन्त्री शाहीले घाइतेलाई उपचारका लागि अस्पताल लैजान आफ्नो स्वकीय सचिवलाई निर्देशन दिएको बताए । उहाँले आफ्नो गाडी र चालक पनि अहिले प्रहरी चौकीमा रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com