सबैलाई पठाउनु होला

कार्तिक १२ काठमाडौं । नेपाल बार एशोसिएसशनको भवन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ। अधिवक्ता भूमिनन्द चुँडालले इजलास चल्नुपर्ने राय राखेर मिडियामा आफ्नो भनाई राखिरहेको बेलामा अर्का अधिवक्ता विराट न्यौपानेले अस्लील शब्द प्रयोग गर्दै चुँडाल माथि मुक्का प्रहार गरेको छन । कुटाई खाएका अधिवक्ता चुँडालले भने आफू कानूनी उपचारमा जाने बताईसकेका छन् ।

पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बारले आन्दोलन गर्ने चेतावनी दिएको छ। न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन्। तर, कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबराको राजीनामाको पक्ष र विपक्षमा उभिएका छन् । केही कानून व्यवसायीहरुले यसरी न्यायालयलाई बन्धक बनाउन नहुने धारणा राखेका छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com