मकवानपुर /  मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु र १२ जना घाइते  भएको  छ ।


दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाबाट नारायणघाट जाँदै गरेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गमा पल्टिएको हो ।ना. ४ ख ४४५४ नम्बरको बस अनियन्त्रित सडक किनारमा पल्टेको हो ।

घाइतेहरुको उपचारका लागि चितवनका अस्पतालहरुमा पठाइएको छ । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com