सुनसरीको इटहरी नगरपालिका–९ का खिनबहादुर ढुंगानाको पाथीभरा दर्शनका क्रममा मृत्यु भएको छ । ६० वर्षीय ढुंगाना मन्दिर परिक्रमा गर्ने क्रममा ढलेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार रहेको छ ।
प्राथमिक उपचार केन्द्र माथिल्लो फेदीबाट गएका स्वास्थ्यकर्मी उमानाथ पौडेलका अनुसार ढुंगानालाई प्रारम्भिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको थियो । अस्पतालका चिकित्सिकले उनलाई मृत घोषणा गरेको र उनको शव , शव गृहमा राखिएको अधिकारीले बताएको छ ।

