सबैलाई पठाउनु होला

नेपाल क्रिकेट संघका अनुसार उनको बायाँ घाटी मुनिको हट्टीमा चोट लागेका कारण आइतबार विहान शल्यक्रिया गरिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर कमलसिंह ऐरी कम्तिमा ६ साता मैदान बाहिर रहने भएका छन्।

कलंकीस्थित नेपाल नेसनल अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। उनको खेलका दौरान फिल्डिङ गर्ने क्रममा १८औं ‍ओभरमा घाइते भएका थिए। यसअघि हिजो शनिबार मलेसियाविरूद्धको टी-२० खेलमा कमल घाइते भएका हुन  ।

नेपाल ९५ रनले विजयी भएको खेलमा कमलले २ ओभर बलिङ गर्दा २ विकेट लिएका थिए। आदिल अन्सारीको बलिङमा मलेसियाका ब्याट्सम्यानको प्रहार डाइभ हानेर रोक्ने क्रममा उनको बायाँ घाटी मुनिको हट्टीमा चोट लागेको थियो।

राष्ट्रिय टिमका प्रशिक्षक पुदुबु दसानायके र फिजियो विक्रम न्यौपाने उनको नियमित निरिक्षणमा रहनेछन्।  उनको शल्यक्रिया डा. निरज केसी र डा. निराजन सुवेदीको टिमले गरेको थियो। क्यानका अनुसार उनको चोट निको हुन कम्तिमा ६ साता लाग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com