विराटनगर : प्रहरी जवान जितविक्रम दहाल विराटनगरमा झुण्डिएको अवस्थामा आइतबार बिहान मृत फेला परेका छन् । विराटनगर महानगरपालिका–५ घर भएका २६ वर्षीय दाहालको शव घरनजिकको भोगटेको रुखमा गाम्छाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

सुनसरीको शुक्रबारे प्रहरी चौकीमा कार्यरत दाहाललाई महिलामाथि बलात्कार प्रयास गरेको आरोप छ । सोही आरोपमा दाहालविरुद्ध सुनसरी प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दा चलाएको थियो ।अदालतबाट धरौटीमा छुटेपछि उनी विराटनगरस्थित घरमा बस्दै आएको बताइएको छ ।

पछिल्लो समय उनले डिप्रेसनको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले बताएको छ । गत पुसदेखि निलम्बनमा परेका उनी मुद्दा विचाराधिन रहेकै अवस्थामा मृत भेटिएका हुन् । शवको कोसी अस्पतालमा पोस्टमार्टम गरिएको छ ।

घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी श्रेष्ठले दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com