काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले व्यवसायी पृथ्वी शाह र उनको परिवारको खातामा अमेरिकाबाट आएको १२ लाख डलर फुकुवा गर्न राष्ट्र बैंकका सञ्चालक समितिले ३० हजार डलर बार्गेनिङ गरेको बताएका छन् ।
‘म सँग प्रमाण त छैन, तर ३० लाख रुपैयाँ (३० हजार डलर) बार्गेनिङ गरिएको भन्ने सुनेको छु,’ उनले आज राजधानीको र्यादिशन होटलमा आयोजित सार्वजनिक कार्यक्रममा भनेका छन्, ‘तर आधिकारिक कुरा मलाई थाहा छैन ।’
अछामका पृथ्वी शाहले अर्थमन्त्रीसँग सम्पत्ति शुद्धीकरण विभागको कसुर स्थापित हुने आधार नभएकोले बैंकबाट रकम फुकुवा गर्न अनुरोध गरेका आधारमा आफूले राष्ट्र बैंकलाई खातामा रोक्का रकम फुकुवा गर्न लेखिपठाएको अर्थमन्त्री शर्माले स्वीकार गरेका छन् ।
राष्ट्र बैंकले बेलाबखत यस्तै हर्कत गरेको समाचारहरु यस अघि पनि आउने गारेका थिए । २०७६ जेठ, २८ गते प्रकाशित अनलाइन पत्रिका “हाम्रो समाचार“मा पनि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान गरिएको थियो । त्यस्तै अर्को अनलाइन पत्रिका “लोक पथ” मा पनि २०७६ जेठ, ३१ गते यस बिषयमा समाचार प्रकाशित भएको थियो । तर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली कै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको कुरा लेखिएको थियो ।
फूलको आँखामा फूलै संसार’ गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (तत्कालिन विनिमय दरअनुसार १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ) नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेका थिए । ‘विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्ने कुनै पनि निकायलाई जानकारीसमेत नदिई करिब २० करोड रुपैयाँ उनले भित्र्याइसकेकी छन्,’ अनुसन्धानमा संलग्न एक उच्च अधिकारीले त्यसबखत भनेका थिए, ‘पछि आउन खोजेको १८ करोडभन्दा बढी रुपैयाँ भने राष्ट्र बैंकले रोकिदिएको छ ।’
तत्कालिन समयमा पनि आनी छोइंगको रकम फुकुवा गर्न आनीसँग राष्ट्र बैंक कर्मचारी र मेघा बैंकले रकम मागेको कुरा मिडियामा प्रकाशित भएको थियो ।
यसरी विदेशबाट खातामा नै भित्रिएको ब्यबसायीहरुको रकम र सहयोग रकममा रोक लागेपछि नेपालमा कसरी बिकाश हुन्छ त? भनि एक सर्बसाधारण जनताले भनेका छन् ।
अर्थ मन्त्री जनार्दन शर्माको अर्थ मन्त्रालयको सचिवालयले यस बिषयमा ध्यानाकर्षण भएको र यसको हल्ला लाइ चिर्न बियाप्ति समेत निकालेको छ ।
बिज्ञप्ति:


