सबैलाई पठाउनु होला

काठमाडौं –   नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिप-२०२२ मा सहभागी हुने चार महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबीए) को आयोजनामा मे ६ देखि २१ तारिखसम्म प्रतियोगिता टर्कीको इस्टानबुलमा हुनेछ ।

१२औँ विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालले ४८ केजी तौल समूहमा सुस्मन तामाङ, ५२ केजी तौल समूहमा १३औँ साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी तौल समूहमा चन्द्रकला थापा र ६० केजी तौल समूहमा पुनम रावलले प्रतिस्पर्धा गर्ने भएका छन् ।

सहभागी चार खेलाडी थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलेर फर्किएका हुन् । जसमा पुनम रावलले कास्य पदक जितेकी थिइन । रावलले जितेको पदक १२ वर्ष पछि नेपालले जितेको पदक हो ।

१२ वर्ष पहिला हालका आईबा थ्री स्टार कोच दीपक महर्जनले काँस्य पदक जितेका थिए । अन्तिम तयारी स्वरुप बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईबा थ्री स्टार कोच दिपक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र बेलुका प्रशिक्षण दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com