सबैलाई पठाउनु होला

काठमाडौं –   बैंक अफ काठमाण्डू लिमिटेडले पोखरा महानगरपालिका वडा नं. ०१, बगर, स्थित बगर शाखाको उद्घाटन गरेको छ ।

 बैंकले आज (वैशाख १५) गते एक समारोहका बीच नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक समुद्घाटन गरेका हुन  ।
 
उक्त औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिएका छन् ।
साथै, बैंकले यस गण्डकी प्रदेशमा अन्य शाखा कार्यालयहरु पनि संचालनमा ल्याउने योजना रहेको जानकारी दिएका छन्  ।
नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेलले नेपाल राष्ट्र बैंकको उद्देश्य बमोजिम विभिन्न स्थानहरुमा शाखा कार्यालय संचालन गरि आम जनमानसहरुलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको भन्दै बैंकको प्रशंसा गरेका छन् ।
साथै, यस शाखा कार्यालयले स्थानीय महानुभावहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नेपाल राष्ट्र बैंकले लिएको जानकारी दिएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com