काठमाडौं – २४ औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता वैशाख २२ र २३ गते हुने भएको छ । नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख २२ र २३ गते हुने जनाएको हो ।
प्रतियोगिता सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने आयोजकले बताएका छन् । प्रतियोगितामा कुल २३ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा महिला र पुरुष गरि करिब १ सय ५० जना खेलाडीको सहभागिता हुने संघले जनाए ।
दुई दिन चल्ने प्रतियोगिता हंगेरीमा हुने १९ औं विश्व पौडी प्रतियोगिता, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा र चीनमा हुने एसियन गेम्सलाई मध्यनजर गरेर आयोजना गर्न लागिएको पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिएका छन् ।

