सबैलाई पठाउनु होला

काठमाडौं –  सत्ता गठबन्धनका दलहरुले आज काठमाडौंमा संयुक्त चुनावी सभा गर्दैछन् । शान्तिवाटिकामा दिउँसो एक बजे चुनावी सभा हुने नेताहरुले बताएका हुन  ।

सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको  छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँ (सबुज)ले जानकारी दिएको हो  ।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशका प्रमुख शहरहरुमा चुनावी सभा गर्ने निर्णय यसअघि गठबन्धनका दलहरुले गरेका हुन । सोहीअनुसार बिहीबार चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा भएको हो  ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले आवश्यकता अनुसार तालमेल पनि गरे  ।

सत्ता गठबन्धनका दलहरुले काठमाडौं महानगरपालिकामा कांग्रेसकी सिर्जना सिंहलाई मेयर पदको उम्मेदवार बनाए । यसैगरी उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उम्मेदवार रहेका  छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com