सबैलाई पठाउनु होला

 

म स्कुल पढाइ छोडेर आन्दोलनमा होमिएकी हुँ। युद्धमा बाँचेर नाफाको जिन्दगीलाई जनताको सेवकका रूपमा उभ्याउन लागिपरें। भूमिगत भएर रोल्पाको सहइन्चार्ज थिएँ। नेताको छोरी भएर पद मात्रै लिएकी होइन। काम गरेर आएकी हुँ। म मेयर हुनुअघि काठमाडौं सचिव थिएँ। अहिले जिल्ला इन्चार्ज छु। प्रचण्डकी छोरी होइन कार्यकर्ता भएर लागेकी छु। म छोरी होइन, कार्यकर्ताका रूपमा छु।


भरतपुरको सम्भावना, आवश्यकता र गर्नुपर्ने कामका विषयमा विज्ञसँग परामर्श लिएर खाका बनाएँ। त्यसपछि स्मार्टसिटीको गुरुयोजना बन्यो। पहिला सडक पूर्वाधारलाई जोड दियौं।

नारायणी नदी नियन्त्रणको गुरुयोजना बनायौं। बजेटसमेत प्र्रस्ताव गरी ४ अर्ब ७२ करोडमा करिब ३५ किलोमिटरको टेन्डर भएको छ। हामीले ३ हजार क्षमताको सभागृह निर्माण सुरु गरेका छौं।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अधुरो भएपछि त्यसलाई अघि बढाउने गरी स्वामित्व लिएका छौं। नारायणीमा सीबीचको काम सुरु भएको छ। सडकमा स्मार्ट लाइट राखेका छौं।

मुख्य सहरी क्षेत्रमा विद्युतीय तारलाई भूमिगत गर्ने योजनाअनुसार २ अर्बको ठेक्का भइसकेको छ। सामुदायिक विद्यालयमा ७ हजार विद्यार्थी बढाउन सकेका छौं। पर्यटन, शिक्षा, सामाजिक सुरक्षा, कृषिमा काम भएको हो ।

महानगरवासी कोही बेरोजगार नहोऊन् भनेर क्षमता अभिवृद्धिको काम गर्‍यौं। सीटीईभीटीसँगको समन्वयमा महिला र युवाको रुचिअनुसार सीप विकास तालिम दिई रोजगारी सुनिश्चित गर्न आधार बनेको छ।

विपन्नताको क्षेत्रमा खरको छानामुक्त अभियान थालेका छौ । अति विपन्नका ७ सय आवास बनाएका छौं। विपन्न परिवारका ६९२ बालबालिकालाई छात्रवृत्ति दियौंं। निजीमा १० प्रतिशत छात्रवृत्ति वितरण गर्न लगायौं।

दुग्ध उत्पादक किसानलाई तीन रुपैयाँ प्रतिलिटर अनुदान दिने हामी पहिलो हो। महानगरपालिकाभित्र ठूला संघीय र प्रदेश सरकारको उद्योग ग्राम बन्दै छ। ३ सय शय्याको शिक्षण अस्पताल, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ कलेज सञ्चालन गरी यही पढाइ गर्न सफल भएका छौं। यी सबै कुराले रोजगारीको धेरै प्रचुर सम्भावना रहेको  छ।

यसलाई पूर्णता दिएर सम्पन्न गर्नेछु। फोहोर व्यवस्थापन गर्न कोरियासँग सम्झौता गरेका छौं। यसको व्यवस्थापन पूरा गर्नु छ। अर्को सिग्नेचर पुलको अवधारणाअनुसार नारायणी पुल बनाउनु छ। भरतपुरको सौन्दर्य बढाएर विकास गर्न हरियालीमा जोड दिनेछु।

 

आफूभन्दा पनि भरतपुरलाई आवश्यक ठानेर दोस्रो कार्यकालका लागि आएकी हुँ। मेरा लागि त समानुपातिक सांसद भएर मन्त्री बन्ने सम्भावना होला। तापनि जुन आधार तयार भयो त्यसलाई पूर्णता दिन पनि म अघि सरेकी हुँ। प्रतिस्पर्धा छ।

ढुक्क हुने अवस्था छैन। एमाले र राप्रपाको गठबन्धन  रहेको छ। कामको हिसाबले म बलियो उम्मेदवार हुँ भन्ने लाग्छ। उहाँहरूले राष्ट्रिय आवश्यकतालाई बुझ्नुपथ्र्यो। यो गठबन्धन लहलहैमा होइन। मुलुकको आवश्यकता हो।

केपी अ‍ोलीले पटक–पटक जनताको मतलाई धज्जी उडाउनुभयो। प्रतिनिधिसभा पुनःस्थापना गर्दा पनि उहाँले चल्न दिनुभएको छैन।  उहाँ गणतन्त्रको पक्षमा जिम्मेवार देखिनुभएन।  शान्ति, संविधान र व्यवस्थाका लागि गठबन्धन हो भन्ने बुझ्नु भएन।

खाली पार्टीगत मात्रै बुझ्नुभएको छ। नेता, कार्यकर्ताले गठबन्धनको महत्वलाई बुझ्नुभएको छ। उहाँहरूले विवेक प्रयोग गरेर मत दिनुहुन्छ भन्ने लाग्छ। असन्तुष्ट केही मत हामीलाई नआए पनि हाम्रो विपक्षीलाई पनि जाँदैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com