सबैलाई पठाउनु होला

काठमाडाैँ –    विश्वाव्यापी तापमान वृद्धि (ग्लोबल वार्मिङ) को असर अहिले हाम्रो निद्रामा पनि देखिएको छ । डेनमार्कको युनिभर्सिटी अफ कोपेनहेगनले हालै गरेको अनुसन्धानका अनुसार बढ्दो तापक्रमसँगै हाम्रो निद्राको अवधि घट्दै गइरहेको छ । राति गर्मी बढेपछि यस्तो भएको हो । अन्वेषकहरूका अनुसार औसत व्यक्तिले हरेक वर्ष ४४ घण्टाको निद्रा गुमाउने गरेको पाइन्छ ।

६८ देशका मानिसमा अनुसन्धान गरियो

यो अनुसन्धान ६८ देशका ४७ हजार मानिसमा गरिएको हो । वैज्ञानिकहरूले रिस्ट ब्यान्डको सहायताले यी मानिसहरूको ७० लाख रातको निद्रा ट्र्याक गरेका छन्। वैज्ञानिकहरुका अनुसार पृथ्वीको तापक्रम बढ्दै गएको छ, जसका कारण हामीले हाम्रो निद्राका केही अनमोल क्षणहरु पनि गुमाउनेछौँ ।

अन्वेषकहरूका अनुसार यो निद्रा कम हुने समस्या पुरुषको तुलनामा महिलामा एक चौथाइ बढी हुने गरेको छ । साथै, ६५+ वर्षका मानिसहरूमा दोब्बर र कम आय भएका देशहरूका मानिसहरूमा तीन गुणा बढी रहेको हुन्छ  । यसअघिका अध्ययनहरूमा वैज्ञानिकहरूले जलवायु परिवर्तनले मानसिक स्वास्थ्य, हृदयाघात, आत्महत्या र दुर्घटनामा पार्ने असरबारे अध्ययन गरेका थिए ।

गर्मीको लहरका कारण निन्द्रा नलाग्ने

वैज्ञानिक केल्टन माइनर भन्छन् कि तातो रातहरूले ठूलो जनसंख्याको निद्रामा बाधा पुर्‍याउँछ । उदाहरणका लागि, तापक्रम २५ डिग्री सेल्सियसभन्दा बढी हुँदा थप ४६,००० मानिसहरू निद्राको कमीबाट ग्रस्त हुन्छन् । भर्खरै भारत र पाकिस्तानमा खतरनाक गर्मी लहरले करोडौं मानिसको निद्राको अवधि घटाइरहेको छ ।

महिलालाई किन बढी निन्द्रा लाग्छ ?

अनुसन्धानमा भनिएको छ कि पुरुषको तुलनामा महिलाको शरीर राती सुत्नुभन्दा चाँडो चिसो हुन्छ । त्यसैले राति गर्मी बढेपछि महिला बढी प्रभावित हुने गरेको छ । यसबाहेक महिलाको छाला मुनि औसतमा बढी बोसो हुन्छ, जसका कारण उनीहरुको चिसो प्रक्रिया सुस्त हुन्छ ।

बृद्धबृद्धाहरुको कुरा गर्ने हो भने उनीहरु राति कम सुत्छन् र गरिब देशहरुमा चिसो सुविधा नहुँदा त्यहाँका मानिसहरु गर्मीसँग लडिरहेका हुन्छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com