सबैलाई पठाउनु होला

विराटनगर –    मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटनामा परेर आइतबार साँझ एक युवकको मृत्यु भएको छ ।

रतुवामाई नगरपालिका–१ हटिया डाँडास्थित आमबारी–कुटुमगञ्ज सडकखण्डमा दुर्घटना हुँदा सुनवर्षी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय राजकुमार शर्माको मृत्यु भएको हो ।

उनले चलाएको मे ४ प ४५५१ नम्बरको मोटरसाइकल उत्तरबाट दक्षिणतर्फ जानेक्रममा आफैँ अनियन्त्रित भएर साँझ ५:२० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको हो  ।

दुर्घटना हुँदा टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका  थियो  ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारतीय नागरिक अन्दाजी २२ वर्षीय किसन कुमजार कामत घाइते भएको प्रहरीले जनाए ।

भारत अररिया कुसाकट्टा घर भएका कामतको रंगेली अस्पतालमै उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर मृत्यु भएका मोटरसाइकल चालकको साथमा आवश्यक कागजपत्र फेला परेको छैन । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको हो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com