सबैलाई पठाउनु होला

काठमाडौं –  नेपाल स्वास्थ्यकर्मी संघले ३१ औं स्थापना दिवसको अवसरमा देशभर विविध कार्यक्रम गरेको छ । यसै सन्दर्भमा संघले काठमाडौंमा जनतासँग प्रत्यक्ष जोडिने व्यक्तिलाई मास्क वितरण गरेको छ ।

संघका महासचिव दीपकराज भट्टको नेतृत्वमा जनपथ प्रहरी, ट्राफीक,सवारी चालक, सहचालक, सफाइकर्मीलाई मास्क वितरण गरेको हो ।

संघले काठमाडौं उपत्यकाका २५ स्थानमा १५ हजार मास्क वितरण गरेको जानकारी दिएको  छ ।

यस्तै, स्थापना दिवसको अवसरमा देशभरका विभिन्न जिल्लामा फलफूल वितरण, रक्तदानलगायतका विविध कार्यक्रमको आयोजना गरिएको महासचिव भट्टले जानकारी दिएका हुन  ।

कोरोनाका कारण अहोरात्र खटिएका ४४ जना स्वास्थ्यकर्मीको निधन भएको भन्दै संघले स्वास्थ्य सुरक्षाका विषयमा सरकारलाई ध्यानाकर्षण पनि गराए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com