काठमाडौं । संचारकर्मी तथा कलाकार शिशिर भण्डारीको ‘फोटो फिरिममा’ ले अपार सफलता चुमे पश्चात ‘फोटो फिरिममा–२’ सार्वजनिक भएको छ । भिडियोमा बिगत ८ महिना देखि उनि अस्पतालमा रहेको डाक्टरले जानकारी दिएका छन ।
‘फोटो फिरिममा २’को ‘रुमाल चिनो छ’ बोल रहेको गीत सार्वजनिक गरिएको हो । जसमा प्रताप दास, कुमार अभि र रचना रिमालको स्वर रहेको छ । शिशिर भण्डारीको शब्द सृजना र संगीत रहेको उक्त गीतमा संगीत संयोजन भने बिशाल निरौलाको रहेको छ ।
शिशिर भण्डारीले नै निर्देशन गरेको उक्त गीतको भिडिओमा स्वयं शिशिर, रिस्ता बस्नेत, जुना सुन्दास, प्रकाश रामदाम, बसन्त भण्डारी, श्रद्धा गौतम, पूजा गौतम, सरु गौतम, एलिना कार्की, शुसन गौतम, लक्ष्मणराज अधिकारी, अबिनाश गौतम र निक शर्माको अभिनय रहेको छ । उक्त गीत यो समाचार तयार पार्दा युट्युबमा नेपाल ट्रेण्डिङमा रहेको छ । यसअघि फोटो फिरिममालाई पनि निकै रुचाइएको थियो । भिडियो हेर्नुस

