सीता गुरुङ, हरीमाँया गुरुङ र सविन गुरुङको आवाजमा रहेको ‘चरी बस्यो’ बोलको गीत सार्वनजिक भएको छ । उक्त गीतको शब्द सविन गुरुङ, सीतल गुरुङ र विमल परियारको रहेको छ भने सुमधुर संगीत सीता गुरुङ, हरीमाँया गुरुङ र सविन गुरुङले भरेका छन् । सो गीतको संगीत संयोजन दिवान किरणले गरेका छन् । गीतको रेकर्डिङ मारुनी डिजिटल स्टूडियोमा गरिएको हो ।
सुरज गुरुङ, सविन गुरुङ र मनिता गुरुङको अभिनय रहेको भिडियोलाई दिप गुरुङले निर्देशन गरेका छन् भने छायांकन विजय लामाले गरेका हुन् । उक्त भिडियोलाई मेक बहादुर थापाले गरेका छन् । सो गीत सीता गुरुङ हरीमाँया गुरुङ यूटुब चानलबाट बजारमा सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस

