सबैलाई पठाउनु होला

काठमाडौं । कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले १० दिन जिल्लाका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

डीसीसीएमसीको बैठकले १० दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भारतसँगको खुला सीमाका कारण कोरोना संक्रमणको जोखिम बढेको भन्दै विद्यालय बन्द गर्न अनुरोध गरेको बताए ।

सीमा नाकाहरुमा मानिसहरुको आवतजावत बढी भएकोले जिल्लामा कोभिड १९ को उच्च जोखिम बढेको प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com