नेपाल –   विसं २०७८ का ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ घोषणा गरिएको छ ।

विगत ३८ वर्षदेखि प्रगतिशील साहित्यका क्षेत्रमा कार्यरत सो संस्थाले रु पन्ध्र हजार राशिकोे ‘साहित्य सन्ध्या–हरिप्रिया–हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’बाट ताप्लेजुङका डा फणिन्द्रराज निरौलालाई पुरस्कृत गर्ने निर्णय गरिएकोे संस्थाका अध्यक्ष राम विनयले जानकारी दिनुभएको छ  ।

यस्तै रु दश हजार राशिको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ रोल्पाकी निशा रोका र ‘साहित्य सन्ध्या–कृष्णचन्द्र–बालकुमारी पुरस्कार काठमार्डौँका नारायणप्रसाद भण्डारीलाई प्रदान गरिने भएको छ ।

यस्तै वर्षभरी सञ्चालन हुने मासिक साहित्यिक शृङ्खलामा नियमित सहभागी हुनेमध्ये इलामका डम्बर पहाडी र धनकुटाकी विन्दु अधिकारी ढकाललाई रु पाँच हजार राशिको पुरस्कार दिइने जनाए ।

पुरस्कार छनोटका लागि प्रा डा कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा प्राज्ञ सुलोचना मानन्धर र साहित्यकार देबु लुइँटेल सदस्य रहेको स्रष्टा चयन समिति गठन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com