सबैलाई पठाउनु होला

काठमाडौँ— प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन आयोगका पदाधिकारीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे शुक्रबार जानकारी गराएका छन्।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त तथा उच्च अधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर निर्वाचन आचारसंहिता र निर्वाचन व्यवस्थापन तथा तयारीका विषयमा छलफल गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आयोगले आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने जानकारी प्रधानमन्त्रीलाई गराएको छ।

भेटमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिकुमार सिन्हा, मुख्यसचिवलगायत सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com