काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। आइतबार बिहान भारतको दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको हो।
फिल्मकर्मी राजेश घतानीले पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रशान्तको निधनको जानकारी दिएका हुन्। दार्जिलिङका गायक महेश सेवाले पनि प्रशान्त तामाङको निधन भएको पुष्टि गरेका छन्।
प्रारम्भिक जानकारीअनुसार उनलाई कार्डियाक अरेस्ट भएको बताइएको छ।
इन्डियन आइडलका विजेता प्रशान्त तामाङ नेपाली संगीत क्षेत्रमा लोकप्रिय नाम थिए। उनले थुप्रै चर्चित नेपाली गीत गाएका छन् भने आधा दर्जनभन्दा बढी नेपाली फिल्ममा अभिनय गरेका छन्।
उनका चर्चित नेपाली फिल्महरूमा गोर्खा पल्टन, परदेशी र परदेशी–२ रहेका छन्

