सबैलाई पठाउनु होला

काठमाडौं । नेपाली कला क्षेत्रले आज एक समर्पित र अनुभवी कलाकारलाई गुमाएको छ। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन्।

लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय रहँदै आएका थापा अभिनयमार्फत दर्शकको मन जित्न सफल कलाकार थिए। विभिन्न चलचित्र, टेलिसिरियल तथा सांस्कृतिक कार्यक्रममार्फत उनले कला क्षेत्रलाई दिएको योगदान सदैव स्मरणीय रहनेछ।

शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको निधनले परिवार, आफन्त, सहकर्मी कलाकार तथा समग्र कला क्षेत्र शोकाकुल बनेको छ। उनको असामयिक निधनप्रति कलाकार संघ, चलचित्रकर्मी तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

थापाको निधन नेपाली कला क्षेत्रका लागि अपूरणीय क्षति भएको भन्दै उनको आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com