नेपाली क्रिकेटर शेर मल्लले नेपालको राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेपछि उनले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन्।
एनपीएल सिजन २ मा मल्ल ‘इमर्जिङ प्लेअर’ घोषित भएका थिए। उक्त प्रतियोगितामा निरन्तर राम्रो प्रदर्शन गर्दै उनले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समेत अवसर पाएका थिए।
प्रशिक्षणमा प्रभावशाली प्रदर्शन गरेका मल्ल अन्ततः विश्वकपका लागि चयन गरिएको अन्तिम १५ सदस्यीय टोलीमा पर्न सफल भएका हुन्। राष्ट्रिय टोलीमा समावेश भएसँगै मल्लले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो खेल जीवनको नयाँ अध्याय सुरु गरेका छन्।

