सबैलाई पठाउनु होला

आजको राशिफल
२०८२ माघ २६ गते (९ फेब्रुअरी २०२६) सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिस्थिति अनुकूल रहँदा लक्ष्य प्राप्ति हुनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन र लेखनमा प्रगति हुने तथा परिवारजनको साथले उत्साह बढ्नेछ। सेवामूलक कामबाट प्रतिष्ठा प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिस्पर्धामा बुद्धिको उपयोगले सफलता मिल्नेछ। रोकिएका काम बन्ने र नयाँ योजनामा अग्रसर हुने समय छ। हिम्मत गर्दा जटिल कामसमेत सम्पन्न हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसाय तथा अध्ययनमा अवसर मिल्नेछ। लगनशीलताले परिस्थितिलाई अनुकूल बनाउनेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सानोतिनो कमजोरीले काममा अवरोध आउन सक्छ। निर्णय लिनुअघि राम्रोसँग सोच्नु उपयुक्त हुनेछ। परिवारको सहयोग लिए राम्रो परिणाम मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले राम्रो उपलब्धि दिलाउनेछ। उद्योग–व्यवसायमा फाइदा हुने तथा आफन्तको साथले उत्साह बढ्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीका स्रोत बढ्ने र सम्मान प्राप्त हुने समय छ। नयाँ कामको प्रस्ताव आउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
इच्छाशक्ति बढ्नेछ। पारिवारिक जमघट र रचनात्मक कार्यबाट सन्तुष्टि मिल्नेछ। मान–सम्मान प्राप्त हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च बढ्न सक्ने र तत्काल फाइदा नदेखिने अवस्था आउन सक्छ। निर्णयमा सावधानी अपनाउनु आवश्यक छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। व्यापार तथा साझेदारीमा लाभ हुने समय छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ काममा जग बसाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धर्म–परोपकारमा रुचि बढ्नेछ। मिहिनेतले जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। सामान्य काममा पनि खर्च बढ्न सक्छ। गोपनीयता कायम राख्न सचेत रहनुहोला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com