मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको परिश्रमले विशेष स्थान दिलाउन सक्छ। समाज, संस्था वा कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्ने संकेत छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। नयाँ अवसरहरू आफैं पछ्याउँदै आउनेछन्। विशिष्ट व्यक्तिसँग चिनजान र मित्रता बढ्न सक्छ, जसले भविष्यका योजनालाई बल दिनेछ। व्यापार–व्यवसाय र नोकरीमा लागेकाहरूलाई विशेष लाभ हुने सम्भावना छ। लगानीका लागि पनि समय सकारात्मक देखिन्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज जिम्मेवारी बढ्ने दिन छ। आफ्नो वाचा पूरा गर्न चुनौती आउन सक्छ। अरूका काममा समय खर्चिनुपर्दा आफ्ना योजना प्रभावित हुन सक्छन्। तर सहयोगीहरूको साथले अप्ठ्यारो सहज बन्नेछ। स्वास्थ्यमा सानो समस्या देखिन सक्छ, त्यसैले विश्राममा ध्यान दिनुहोला। निराश नहुनुहोस् अन्ततः मेहनतको केही न केही प्रतिफल अवश्य मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज अलि सतर्क रहनुपर्ने दिन छ। अरूका विषयमा अनावश्यक चासोले झमेला निम्त्याउन सक्छ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। पहिले बनाएका योजना रोकिन सक्छन् वा दोहोर्याउनुपर्ने हुन सक्छ। कसैले आशा देखाएर धोका दिन सक्छ, त्यसैले निर्णय गर्दा सावधानी अपनाउनुहोस्। जोखिमपूर्ण कामबाट टाढा रहनु बुद्धिमानी हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन रमाइलो र उपलब्धिमूलक देखिन्छ। सुन्दर पहिरन, आत्मविश्वास र व्यवहारले अवसर हात पार्न सकिनेछ। व्यावसायिक वा रमाइलो यात्रा हुन सक्छ। आयवर्द्धक कामको सुरुवात गर्न सकिने समय छ। परिवार र साथीभाइबाट सहयोग मिल्नेछ। मन प्रसन्न रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज तपाईंको पराक्रमले प्रतिस्पर्धीलाई पछि पार्नेछ। द्वेष गर्नेहरू आफैं परास्त हुनेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उपयुक्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। व्यापार र आर्थिक क्षेत्रमा लाभको संकेत छ। रोकिएका काम बन्नेछन् र आत्मविश्वास बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज परिस्थिति सोचेजस्तो नहुन सक्छ। लक्ष्यमा ढिलाइ हुन सक्छ। अध्ययन र बौद्धिक कार्यमा एकाग्रता कम हुन सक्छ। तर संघर्ष नै सफलता तर्फको बाटो हो। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। धैर्य राखे सफलता टाढा छैन।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हतारको निर्णयले समस्या निम्त्याउन सक्छ। अरूको स्वार्थमा प्रयोग हुने सम्भावना छ। पारिवारिक असमझदारीले काममा अवरोध पुर्याउन सक्छ। तर मान्यजनको सुझाव र अनुभवलाई आत्मसात् गर्दा सामान्य लाभ मिल्नेछ। धैर्य र संयम अपनाउनु आजको मन्त्र हो।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन अत्यन्त शुभ संकेतले भरिएको छ। मान–सम्मान बढ्नेछ। मेहनतको उचित प्रतिफल पाइनेछ। नयाँ काम सुरु गर्न सकिनेछ। उद्योग, व्यापार र कृषिमा राम्रो फाइदा हुनेछ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ। प्रतिस्पर्धामा सजिलै विजय मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन र सिर्जनात्मक कार्यमा प्रगति हुनेछ। लेखन, कला वा बौद्धिक क्षेत्रमा ख्याति मिल्न सक्छ। तर आलोचना र विवादबाट बच्नुहोस्। सोख र आवेगले खर्च बढाउन सक्छ। गोपनीयता कायम राख्नु बुद्धिमानी हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमाइलो जमघट र परिवारसँग भेटघाटको अवसर मिल्नेछ। नयाँ प्रस्ताव आउनेछन्। रोकिएका काम बन्न सक्छन्। इच्छाशक्तिले महत्वाकांक्षी योजना अघि बढ्नेछ। व्यक्तित्व आकर्षक देखिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज प्रलोभन र अनावश्यक खर्चबाट बच्नु आवश्यक छ। लगानी गर्दा सोचविचार पुर्याउनुहोस्। परिवारसँग दूरी बढ्न सक्छ। आफ्नै कमजोरीले विवाद निम्त्याउन सक्छ। शुभचिन्तकको सुझाव बेवास्ता नगर्नुहोस्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन विशेष उपलब्धिको संकेत बोकेको छ। लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। सामाजिक प्रतिष्ठा बढ्नेछ। भूमि, वाहन वा पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमाराम्रो फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने अवसर छ।

