आजको राशिफल
२०८२ फागुन ४ गते (१६ फेब्रुअरी २०२६) सोमबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको नेतृत्व क्षमता चम्किने दिन छ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सक्नुहुनेछ। दाम, इनाम र प्रतिष्ठा हात पार्ने अवसर देखिन्छ। सामाजिक तथा सार्वजनिक जिम्मेवारी बढ्न सक्छ, जसले तपाईंको पहिचान अझ बलियो बनाउनेछ। भूमि, सवारीसाधन वा पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने सम्भावना छ। व्यवसाय र पेसामा राम्रो फाइदा हुनेछ। अभिभावक वा वरिष्ठ व्यक्तिको साथ पाउँदा आत्मविश्वास बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय भएकाले अवसरलाई नछुटाउनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ, जसका कारण योजनाअनुसार काम अघि बढाउन कठिनाइ हुन सक्छ। तर जिम्मेवारी भने घट्ने छैन। बाध्यतापूर्ण काममै समय खर्चिनुपर्ला। सहयोग गर्ने आशा देखाउनेहरूबाटै निराशा हुन सक्छ। व्यवसायमा खर्च बढ्न सक्छ, त्यसैले वित्तीय व्यवस्थापनमा ध्यान दिनुहोला। सेवामूलक कार्यबाट भने प्रतिष्ठा मिल्नेछ। धैर्य र संयम अपनाएमा दिनलाई सकारात्मक बनाउन सक्नुहुन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज तत्काल लाभ नदेखिए पनि भविष्यका लागि आधार तयार गर्ने दिन हो। कामको चाप बढ्न सक्छ र शरीरमा थकान महसुस होला। आर्थिक पक्ष सामान्य रहला। केही चुनौतीपूर्ण परिस्थिति आउन सक्छ, तर धैर्य राखे सफलता तपाईंको पक्षमा आउनेछ। मिहिनेतको फल ढिलो भए पनि अवश्य प्राप्त हुनेछ। छोटो यात्राको सम्भावना पनि छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन सुखद र उत्साहजनक रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथि सत्कार वा सामाजिक जमघटमा सहभागी हुन सक्नुहुन्छ। आम्दानीका नयाँ स्रोत खोज्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ। परिवार र साथीभाइको साथले काममा ऊर्जा थपिनेछ। मनमा सकारात्मक सोच जाग्ने दिन छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गर्दा अवसरको भरपूर लाभ लिन सकिनेछ। यात्राबाट विशेष उपलब्धि मिल्न सक्छ। शत्रु तथा रोगबाट मुक्ति मिल्ने संकेत छ। कानुनी वा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। तर अधिकारका विषयमा केही संघर्ष गर्नुपर्ला। सतर्कता अपनाएमा आर्थिक क्षति हुनबाट जोगिन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समयको गतिलाई सम्हाल्न नसक्दा केही असहजता आउन सक्छ। भौतिक साधन बिग्रिनाले काममा ढिलाइ हुन सक्छ। मन खिन्न भए पनि गुरुजन वा अनुभवी व्यक्तिको सुझावले सही बाटो देखाउनेछ। प्रतिस्पर्धाले नयाँ ऊर्जा दिनेछ। खानपान र संगतमा विशेष सावधानी अपनाउनु राम्रो।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विगतका निर्णयको प्रभाव आज देखिन सक्छ। हतारमा दिएको वचनले समस्या निम्त्याउन सक्छ। पारिवारिक असमझदारी बढ्न सक्छ, त्यसैले संवादमा ध्यान दिनुहोला। महत्त्वाकांक्षी योजना गोप्य राख्नु राम्रो हुनेछ। जमिन तथा पशुधनबाट सामान्य लाभ मिल्ने संकेत छ। अरूको भर पर्नुभन्दा आफ्नै निर्णयमा विश्वास गर्नु राम्रो।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम अघि बढ्ने समय छ। सहयोगीहरूको राम्रो साथ पाउनुहुनेछ। उद्योग–व्यवसायमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्ने र विगतको प्रयासको प्रतिफल प्राप्त हुने संकेत छ। कृषि तथा व्यापार क्षेत्रमा लाभदायक दिन छ। आर्थिक उन्नति हुने प्रबल सम्भावना देखिन्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
योजना पूरा गर्न केही अवरोध आउन सक्छ। सोचेअनुसार काम समयमा नहुन सक्छ। सहयोगीबाट आलोचना सुन्नुपर्ने अवस्था आउन सक्छ। बोलीमा संयम नअपनाए विवाद बढ्न सक्छ। मान–सम्मानमा असर नपरोस् भनेर सचेत रहनुहोला। धैर्य र सकारात्मक सोचले दिन सम्हाल्न सकिन्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्तको साथले मन प्रफुल्लित हुनेछ। इच्छाशक्ति बढ्नेछ र नयाँ काम सुरु गर्ने उत्साह जाग्नेछ। स्वादिष्ट भोजन र पारिवारिक भेटघाटले मन रमाउनेछ। परम्परागत सोचमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ। प्रेम र मित्रता अझ सुदृढ हुनेछ। सामाजिक प्रतिष्ठा बढ्ने दिन छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसर खोज्न केही दौडधुप गर्नुपर्ला। आर्थिक पक्षमा सावधानी आवश्यक छ। साथीभाइसँग सानो मतभेद हुन सक्छ। खर्च बढ्न सक्ने भएकाले अनावश्यक लगानी नगर्नुहोला। आलोचकहरू सक्रिय हुन सक्छन्, तर धैर्य राखे सफलता मिल्नेछ। होसियारी र योजनाबद्ध काम आवश्यक छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायिक क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। नयाँ जिम्मेवारी पाइने र आम्दानीको स्रोत बढ्ने सम्भावना छ। रोकिएका काम बन्नेछ। परिवारको आवश्यकतापूर्ति हुनेछ। कृषि, पशुपालन वा साझेदारी व्यवसायमा विशेष लाभ मिल्ने दिन छ। उठ्नुपर्ने रकमप्राप्त हुन सक्छ। परिश्रमले नयाँ अवसर ल्याउनेछ।

