गुनासो चौतारी । स्वास्थ्य, शिक्षा र मानवीय सेवाको क्षेत्रमा लामो समयदेखि निरन्तर क्रियाशील रहँदै आएका डाक्टर सुनिल शर्मा यतिबेला प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन्। फागुन २१ गते हुने निर्वाचनमा उनको उम्मेदवारीलाई स्थानीय तहदेखि प्रदेशसम्म अर्थपूर्ण रूपमा हेरिएको छ।
राजनीति मात्र सत्ता प्राप्तिको माध्यम होइन, सेवा र जिम्मेवारीको दायित्व हो भन्ने विश्वास बोकेका डा. शर्मा आफ्नो पेशागत जीवनदेखि नै जनताको दुःख पीडामा साथ दिँदै आएका व्यक्ति हुन्। अस्पतालको शय्यादेखि गाउँको चौतारोसम्म, उपचारदेखि शिक्षाको पहुँचसम्म उनको यात्रा केवल भाषणमा सीमित छैन, व्यवहारमा देखिएको छ।
स्वास्थ्य सेवामा मानवीय स्पर्श
डा. शर्माले स्वास्थ्य क्षेत्रमा आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई नजिकबाट देखेका छन्। त्यसैले उनले गरिब तथा विपन्न वर्गका बिरामीलाई सहज उपचार उपलब्ध गराउने अभियानलाई प्राथमिकता दिएका छन्। स्वास्थ्य सेवा केवल व्यवसाय होइन, सेवा हो भन्ने धारणा उनका कार्यशैलीमा स्पष्ट देखिन्छ।
उनले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य पहुँच पुर्याउन विभिन्न पहल गरेका छन्। उपचारको खर्च अभावले निराश भएका परिवारलाई सहयोग पुर्याउने उनका कामहरू स्थानीय समुदायमा चर्चा र सम्मानका विषय बनेका छन्।
शिक्षामा पहुँच र अवसर
शिक्षा विकासको आधार हो भन्ने मान्यतामा डा. शर्मा अडिग देखिन्छन्। आर्थिक अभावका कारण पढाइ छाड्नुपर्ने अवस्थालाई कम गर्न छात्रवृत्ति, सहयोग तथा प्रेरणामूलक कार्यक्रमहरूमा उनको संलग्नता उल्लेखनीय छ।
युवाहरूलाई विदेश पलायन होइन, आफ्नै ठाउँमा अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्छ भन्ने उनको धारणा छ। स्वास्थ्य र शिक्षा सुधारमार्फत नै समग्र समाज रूपान्तरण सम्भव छ भन्ने विश्वास उनले बारम्बार व्यक्त गर्दै आएका छन्।
जीवनशैली : सादगी र जवाफदेहिता
डा. सुनिल शर्माको जीवनशैली सादगीपूर्ण छ। जनतासँग प्रत्यक्ष भेटघाट, समस्या सुन्ने र समाधानका लागि पहल गर्ने उनको बानीले उनलाई अरूभन्दा फरक बनाएको छ।
उनी स्पष्ट र सत्य बोल्ने नेताको रूपमा चिनिन्छन्। आफ्ना र पराइ दुवै पक्षमा सत्य बोल्ने साहसका कारण उनी जनतामाझ रुचाइएका व्यक्ति बनेका छन्। राजनीति भित्रको जटिलता र आलोचनाबीच पनि आफ्नो अडान र मूल्यमा अडिग रहन सक्ने छवि उनले निर्माण गरेका छन्।
जनविश्वासको आधार
मोरङ ३ का मतदाताले यसपटक केवल उम्मेदवार होइन, काम गर्ने प्रतिनिधि खोजिरहेका छन्। जनताको दैनिक समस्यालाई नजिकबाट बुझ्ने र समाधानतर्फ अग्रसर हुने नेतृत्वको आवश्यकता छ।
डा. शर्मा जनताको घरदैलोमा पुगेर उनीहरूको पीडा सुन्ने, विकास र सेवाको प्रतिवद्धता व्यक्त गर्ने अभियानमा सक्रिय छन्। स्वास्थ्य पूर्वाधार सुदृढीकरण, गुणस्तरीय शिक्षा विस्तार, रोजगारी सिर्जना र पारदर्शी शासन उनका प्राथमिक एजेन्डा हुन्।
उदाहरणीय जनप्रतिनिधिको सम्भावना
राजनीतिमा विश्वसनीयता र इमानदारीको खडेरी महसुस भइरहेको बेला डा. सुनिल शर्मा जस्ता व्यक्तित्वलाई धेरैले आशाको दृष्टिले हेरेका छन्। उनको पेशागत अनुभव, सामाजिक संलग्नता र स्पष्ट विचारले उनलाई जनप्रतिनिधिको उदाहरणीय पात्रका रूपमा उभ्याएको छ।
फागुन २१ को निर्वाचन मोरङ ३ का लागि केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई सेवा, समर्पण र विश्वासको परीक्षण पनि हुनेछ। जनताको भरोसालाई मतमार्फत अभिव्यक्त गर्ने क्षण नजिकिँदै गर्दा डा. सुनिल शर्माको उम्मेदवारीलाई धेरैले सकारात्मक परिवर्तनको सम्भावनाका रूपमा व्याख्या गरिरहेका छन्।
अब निर्णय मतदाताको हातमा छ । सेवा, सत्य र समर्पणलाई कदर गर्ने कि पुरानै अभ्यास दोहोर्याउने। मोरङ–३ को भविष्य तय गर्ने यो घडीमा जनताको विवेक नै अन्तिम निर्णायक हुनेछ।

