सबैलाई पठाउनु होला

 गुनासो चौतारी , काठमाडौं  परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।

गत बिहीबार सम्पन्न आमनिर्वाचनबाट बहुमत प्राप्त Bangladesh Nationalist Party (बिएनपी) ले नयाँ सरकार गठन गर्ने तयारी गरिरहेको छ। मङ्गलबार आयोजना हुने शपथग्रहण समारोहमा सहभागी हुन मन्त्री शर्मा आज बङ्गलादेश जान लागेको उनको सचिवालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त भ्रमणले नेपाल–बङ्गलादेश द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा मन्त्री शर्मासँग मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि सहभागी हुनेछन्। उनी फागुन ७ गते स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com