सबैलाई पठाउनु होला

काठमाडौं, फागुन ४   काठमाडौं महानगर क्षेत्रअन्तर्गत चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारास्थित एक घरमा डेरा गरी बस्दै आएकी एक महिलालाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

मिति २०८२।११।०३ गते दिउँसो करिब १२:३० बजे उक्त स्थानमा लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।

छापा मार्ने क्रममा जिल्ला थाहा नगरपालिका–१२ घर भई हाल चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा डेरा गरी बस्दै आएकी वर्ष ५६ की संच माया तामाङको कोठा खानतलासी गर्दा लुकाइ–छिपाइ राखिएको अवस्थामा करिब ५ केजी गाँजाको धुलो जस्तो देखिने पदार्थ, “Tramadol Capsules IP” लेखिएको २५ पत्ता तथा नगद रु. २,६२,६५० (अक्षरेपी दुई लाख बयसट्ठी हजार छ सय पचास रुपैयाँ) बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामग्रीसहित तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको छ।

यस सम्बन्धमा जानकारी दिँदै प्रहरी उपरीक्षक तथा प्रवक्ता पवन कुमार भट्टराईले घटनाबारे अनुसन्धान जारी रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com