सबैलाई पठाउनु होला

आजको राशिफल

 

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यावसायिक क्षेत्रमा उल्लेखनीय प्रगति हुने संकेत छ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। रोकिएका काम सम्पन्न हुनेछन् र आम्दानीका स्रोत बढ्नेछन्। कृषि तथा पशुपालनमा लाभ मिल्नेछ। उठ्नुपर्ने रकम हात लाग्ने योग छ। साझेदारी र सट्टापट्टामा विशेष फाइदा हुनेछ।

 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आफ्नो क्षेत्रमा प्रभाव जमाउने अवसर छ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुने समय छ। भूमि, सवारी साधन वा पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने सम्भावना छ। व्यापारमा राम्रो फाइदा हुनेछ। अभिभावकको सहयोग प्राप्त हुनेछ।

 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वास्थ्यमा कमजोरी देखिन सक्छ। जिम्मेवारी बढ्नेछ तर काममा अवरोध आउन सक्छ। सहयोगको आशा गरेका व्यक्तिबाट निराशा हुन सक्छ। खर्च बढ्ने संकेत छ। सेवामूलक कार्यबाट प्रतिष्ठा भने प्राप्त हुनेछ।

 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रयत्नको अपेक्षित फल नआउने समय छ। लगानी र श्रमको उचित मूल्य नपाइने सम्भावना छ। नयाँ काम सुरु गर्न हतार नगर्नु राम्रो हुनेछ। आश्वासन दिनेहरूप्रति सचेत रहनुहोला।

 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

केही विवादमा पर्ने सम्भावना छ, सावधानी अपनाउनुहोस्। आम्दानी बढ्नेछ। व्यावसायिक यात्रा हुन सक्छ। दाम्पत्य जीवन सुखद रहनेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ। सवारी चलाउँदा सावधानी अपनाउनु आवश्यक छ।

 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रयत्न गर्दा अवसरको फाइदा लिन सकिनेछ। यात्राबाट लाभ मिल्नेछ। शत्रु र रोगबाट मुक्ति मिल्ने संकेत छ। मुद्दा–मामिलामा सफलता मिल्नेछ। प्रतिस्पर्धीबाट सचेत रहनु आवश्यक छ।

 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समय व्यवस्थापनमा कमजोरी देखिन सक्छ। भौतिक साधन बिग्रन सक्छ। गुरुजनको सहयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। संगत र खानपानमा सावधानी अपनाउनु राम्रो हुनेछ।

 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विगतका निर्णयले असर पार्न सक्छ। पारिवारिक असमझदारी बढ्न सक्छ। योजना गोप्य राखेर अघि बढ्नु राम्रो हुनेछ। पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ। अरूको भर पर्दा धोका हुन सक्छ।

 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सहयोगीहरूको साथ मिल्नेछ। रोकिएका काम सम्पन्न हुनेछन्। व्यापार र उद्योगमा लाभ हुनेछ। शत्रु परास्त हुनेछन्। आम्दानी बढ्ने र धन आर्जनको राम्रो अवसर मिल्नेछ।

 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

योजना पूर्ण रूपमा कार्यान्वयन नहुन सक्छ। अवसर गुम्ने सम्भावना छ। बोलीको गलत अर्थ लाग्न सक्छ, विवादबाट टाढा रहनुहोस्। मान–सम्मानमा असर पर्न सक्छ।

 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफन्तको साथले उत्साह बढ्नेछ। नयाँ कामको सुरुवात हुनेछ। पारिवारिक सम्बन्ध सुदृढ हुनेछ। प्रतिष्ठा बढ्नेछ। प्रेम र मित्रता मजबुत हुनेछ। हडबडी नगर्नु राम्रो हुनेछ।

 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अवसर खोजीमा दौडधुप बढ्नेछ। खर्च बढ्ने सम्भावना छ। साथीभाइसँग असमझदारी हुन सक्छ। लगानीअनुसार लाभ कम हुन सक्छ। होसियारीपूर्वक निर्णय लिनुपर्ने समय छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com