सबैलाई पठाउनु होला

भक्तपुर, फागुन ५  नागरिक बचाउ महा अभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंलाई मिति २०८२ साल फागुन ४ गते राति करिब ९ बजे भक्तपुरको पुरानो ठिमीस्थित उहाँकै निजी निवासबाट प्रहरीले पक्राउ गरेको जानकारी सार्वजनिक भएको छ।

यस घटनाप्रति नागरिक बचाउ दल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दलले जारी गरेको वक्तव्यमा कुनै पनि नागरिकलाई पक्राउ गर्दा संविधान, प्रचलित कानुन तथा मानवअधिकारको पूर्ण पालना हुनुपर्ने उल्लेख गरिएको छ।

वक्तव्यमा एउटै व्यक्तिलाई पटक पटक पक्राउ गरी छाड्ने कार्यले कानुनी राज्यप्रति गम्भीर प्रश्न उठ्ने दाबी गरिएको छ। “सरकारको यस प्रकारको रवैयाको हामी घोर भत्सना गर्दछौं,” विज्ञप्तिमा भनिएको छ, “सम्बन्धित निकायले पक्राउको स्पष्ट कारण सार्वजनिक गर्नुपर्छ, सम्पूर्ण कानुनी अधिकार सुनिश्चित गर्नुपर्छ तथा जनताको पहरेदारका रूपमा परिचित श्रद्धेय दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्नुपर्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com