सबैलाई पठाउनु होला

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भई विवरण छुट भएका व्यक्तिहरूको सम्पूर्ण विवरण उपलब्ध गराउन देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी का अनुसार, घाइतेहरूको उपचार तथा राहत वितरणलाई प्रभावकारी र व्यवस्थित बनाउन गठित समन्वय समितिको निर्णयअनुसार यस्तो निर्देशन जारी गरिएको हो। अस्पतालहरूले आगामी फागुन १५ गतेभित्र घाइतेहरूको सम्पूर्ण विवरण मन्त्रालयमा पठाइसक्नुपर्नेछ।

प्रवक्ता बुढाथोकीले फागुन १ देखि १५ गतेसम्म छुट भएका घाइतेहरूको सूचीकरण, वर्गीकरण तथा पुनःवर्गीकरणसम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरिएको बताए। सो अवधिभित्र प्राप्त निवेदनमाथि छानबिन गरी फागुन १५ गतेपछि घाइतेहरूको अन्तिम नामावली सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।

हालसम्म २०० जना घाइतेको मात्र वर्गीकरण विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ। जेनजी प्रदर्शनका क्रममा ठूलो सङ्ख्यामा व्यक्ति घाइते भए पनि सामान्य घाइतेलाई विशेष सुविधा नपाउने व्यवस्था रहेकाले कतिपय व्यक्ति सम्पर्कमा नआएको हुनसक्ने अनुमान गरिएको छ।

सरकारले अतिगम्भीर घाइते तथा उनीहरूको स्याहारकर्तालाई मासिक नौ हजार रुपैयाँ, गम्भीर घाइतेलाई मासिक नौ हजार रुपैयाँ र मध्यम घाइतेलाई मासिक चार हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार जेनजी प्रदर्शनका क्रममा कुल दुई हजार ५९९ जना घाइते भएको उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com