आजको राशिफल
२०८२ फागुन ११ गते (२३ फेब्रुअरी २०२६) सोमबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिस्थितिवश आँटेको काम रोकिन सक्छ। सहयोगको नाममा झुक्याउनेहरूले दु:ख दिन सक्छन्, त्यसैले विश्वास गर्दा सजग रहनुहोला। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। नयाँ काम थाल्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनु बुद्धिमानी हुनेछ। पछाडिबाट अवरोध गर्नेहरू सक्रिय हुन सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खानपानमा लापरबाही नगर्नुहोला। आम्दानी रोकिन सक्छ वा योजना ढिलाइ हुन सक्छ। गोपनीय कुरा बाहिरिन सक्ने संकेत छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। धैर्य र संयम आजको मन्त्र हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनोरञ्जन र खानपानमा खर्च बढ्न सक्छ। अरूको भर पर्नुभन्दा आफ्नै क्षमतामा भरोसा राख्नु उपयुक्त हुनेछ। केही समय पर्खनुपरे पनि बुद्धिको प्रयोगले समस्या सुल्झिनेछ। गुमेको अवसर पुनः प्राप्त हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काम बन्ने संकेत छ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। मेहनतले नाम र दाम दिलाउन सक्छ। विदेश यात्रा वा अध्ययनको प्रक्रिया अघि बढ्न सक्छ। आत्मविश्वास बढ्ने दिन।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसर आए पनि चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यमा थकान वा कमजोरी हुन सक्छ। अध्ययनमा भने सकारात्मक नतिजा आउनेछ। गुरुजनको सुझाव लाभदायक हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हतारमा निर्णय नगर्नुहोला। गोप्य योजना सार्वजनिक नगर्नु उपयुक्त हुनेछ। दीर्घकालीन योजनामा लाग्दा सफलता मिल्नेछ। शुभचिन्तकहरूको साथ पाउनुहुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँट र आत्मविश्वासले काम सफल हुनेछ। उद्योग–व्यवसायमा लाभ मिल्नेछ। नयाँ काम थाल्ने उपयुक्त समय। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। आर्थिक स्थिति सुदृढ बन्ने संकेत।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययन र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। आयआर्जनका स्रोत विस्तार हुनेछन्। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामना पूर्ण हुने दिन। स्वादिष्ट भोजन र रमाइलो वातावरण मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। प्रतिष्ठित कामबाट नाम र दाम कमाउने अवसर छ। सक्रिय रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अनावश्यक खर्च बढ्न सक्छ। लगानी र कर्जाको विषयमा सोचेर निर्णय लिनुहोला। यात्रा सम्बन्धी प्रक्रिया अघि बढ्न सक्छ। अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नुहोस्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पेसा–व्यवसायमा मनग्य फाइदा मिल्नेछ। रोकिएका काम बन्नेछन्। नयाँ भेटघाटले अवसर दिलाउन सक्छ। सामाजिक प्रतिष्ठा बढ्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पद–प्रतिष्ठा प्राप्त गर्ने अवसर। मेहनतको फल पाइनेछ। टाढिएका साथीभाइ नजिकिने छन्। आयस्रोत सुदृढ हुनेछ। चुनौतीहरू हट्दै जानेछन्।

