सबैलाई पठाउनु होला

हेटौँडा, फागुन १२ गते।
मकवानपुर जिल्लाको बागमती गाउँपालिका–८, तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्ग मा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ।

दुर्घटनामा मोटरसाइकल चालक बकैया गाउँपालिका–८, बस्तिपुर निवासी ४० वर्षीय प्रेमबहादुर गोले गम्भीर घाइते हुनुभएको थियो। उपचारका क्रममा उहाँको हेटौँडा अस्पताल मा मृत्यु भएको हो।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मकवानपुर का प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले दुर्घटनाको पुष्टि गर्नुभएको छ।

प्रहरीका अनुसार फापरबारीबाट हात्तिसुडे तर्फ जाँदै गरेको प्र.३–०२–००५ प. १००८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालामा खसेपछि दुर्घटना भएको हो। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय फापरबारी ले थप अनुसन्धान गरिरहेको जनाएको छ।

🕯️ यो दुर्घटनाले फेरि एकपटक सडक सुरक्षाप्रति गम्भीर बन्न आवश्यक रहेको सन्देश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com