सबैलाई पठाउनु होला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति  रवी लामिछाने ले झापा–५ मा आफू भोट माग्न नभई न्यायको आवाज उठाउन आएको बताएका छन्। मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भावनात्मक र तीक्ष्ण शैलीमा आफ्ना धारणा राखेका हुन्।

‘भोट त सबैले पाउँछन्, चुनाव सबैले जित्छन्, तर न्याय पाउन एक युग कुर्नुपर्छ,’ उनले भने, ‘म झापा–५ मा आफ्नो लागि होइन, देशका लागि न्याय माग्न आएको छु। अन्याय ममाथि पनि भएको छ, तर मेरो चिन्ता नगर्नुहोस्दे शलाई न्याय दिलाउन एक पटक मतदान गरौँ।’

लामिछानेले झापा–५ इतिहास बदल्न तयार छ कि छैन भन्ने परीक्षा अहिलेको निर्वाचनले लिने दाबी गरे। ‘अब सडकबाटै इतिहास फेर्ने समय आएको छ,’ उनले भने, ‘देशलाई न्याय गर्ने भरोसा झापा–५ का मतदातासँग छ।’

देश महत्वपूर्ण मोडमा उभिएको उल्लेख गर्दै उनले जनताको जागरणले परिवर्तन सम्भव हुने बताए। ‘जब–जब जनता जागे, तब–तब देश बदलियो,’ उनले भने, ‘बाटोमा आमाबुबाले रोकेर भन्नुहुन्छ बाबु, यो देश बचाऊ।’

झापा–५ बाटै देश बचाउने र बनाउने सन्देश दिने उनको प्रतिबद्धता थियो। सो क्षेत्रमा रास्वपाका उम्मेदवार बालेन्द्र साह को पक्षमा मत माग्न उनी मंगलबार झापा पुगेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com