सबैलाई पठाउनु होला

मकवानपुर जिल्ला मा यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि निर्वाचन तयारी तीव्र पारिएको छ। निर्वाचन क्षेत्र नं. १ र २ का मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम दिन थालिएको हो।

निर्वाचन अधिकृत कार्यालयका प्रमुख निर्वाचन अधिकृत गीता श्रेष्ठ का अनुसार जिल्लाका तीन सय ७४ मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन प्रक्रिया सञ्चालनसम्बन्धी प्रशिक्षण दिइँदैछ। तालिममा मतदान प्रक्रिया, मतपत्र व्यवस्थापन, मतपेटिका सुरक्षा तथा आचारसंहितासम्बन्धी विषय समेटिएको छ।

उनले आजदेखि नै सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहायक स्तरका कर्मचारीलाई नियुक्तिपत्र हस्तान्तरण गरिने जानकारी दिइन्। अति दुर्गम भेगका मतदान केन्द्रमा भने फागुन १७ गते नै निर्वाचन सामग्री, मतपत्र, मतपेटिका र सुरक्षा टोलीसहित कर्मचारी खटाइनेछ।

जिल्लाभर तीन सय ७४ मतदान केन्द्रमा दुई हजार २४४ कर्मचारी परिचालन गरिएको छ। दुवै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ४४ उम्मेदवार प्रतिस्पर्धामा छन्।

बागमती प्रदेश निर्वाचन कार्यालय का प्रमुख हरिप्रसाद ढकाल का अनुसार जिल्लामा तीन लाख १५ हजार ३३५ मतदाता रहेका छन्।

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com