सबैलाई पठाउनु होला

काठमाडौं । आगामी निर्वाचनको तयारीका लागि चीन सरकारले ४० लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। उक्त अनुदान स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमअनुसार बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरिएको छ।

त्यसैगरी, मन्त्रिपरिषद्ले काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश दीवाकर भट्टलाई उपभोक्ता अदालत काठमाडौंको अध्यक्षमा तोक्ने निर्णय गरेको छ। उहाँले काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्ने जिम्मेवारी पाउनेछन्।

बैठकले बिमा ऐन, २०७९ को दफा १४० बमोजिमका कसुरसम्बन्धी मुद्दाको कारबाही तथा किनारा गर्न जिल्ला अदालतलाई तोक्ने निर्णय गरेको छ। साथै, २०८३ वैशाख १ गतेदेखि चैत मसान्तसम्मका सार्वजनिक बिदा निर्धारण गरिएको छ।

यसैगरी, मन्त्रिपरिषद्ले जेनजी परिषद् गठन गर्ने निर्णयसमेत गरेको प्रवक्ता अर्यालले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com