सबैलाई पठाउनु होला

नेपाली सेनाका चार जना पूर्व प्रधानसेनापतिहरू भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन्। बिहीबार मध्यान्ह उनीहरू ‘चिफ्स कन्क्लेभ’मा सहभागी हुन त्यसतर्फ गएका हुन्।

भारत जानेमा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा, प्यारजंग थापागौरवशमशेर राणा रहेका छन्।

राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापा बिहीबार दिउँसो पौने ३ बजे नेपाल एयरलाइन्सको उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन्। यस्तै, प्यारजंग थापा र गौरवशमशेर राणा बिहान ११ बजे एयर इन्डियाको विमानबाट त्यसतर्फ गएका थिए।

नेपाली सेनाका अनुसार भारतको नयाँ दिल्लीमा आयोजना हुने पूर्व प्रधानसेनापतिहरूको ‘चिफ्स कन्क्लेभ’मा सहभागी हुन उनीहरू गएका हुन्। गत वर्ष नेपालमा आर्मी डे को अवसरमा उक्त कन्क्लेभ आयोजना गरिएको थियो भने यस वर्ष १० औँ संस्करण भारतमा हुँदैछ।

नेपाली सेनाका प्रवक्ता (सहायकरथी) राजाराम बस्नेत ले जानकारी दिँदै भने, “पोहोर हामीले नेपालमा कन्क्लेभ आयोजना गरेका थियौँ, यस वर्ष भारतमा हुँदैछ।”

भारतीय सेनाले नेपालका सबै पूर्वसैनिक प्रमुखहरूलाई निमन्त्रणा पठाए पनि चार जना मात्र सहभागी हुन गएका हुन्। फागुन १४ गतेदेखि सुरु भएको कन्क्लेभ फागुन १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

नेपाल–भारत सैन्य सम्बन्धको निरन्तरता र अनुभव आदान–प्रदानका दृष्टिले यो सहभागितालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com