दमक — नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली ले चुनावमा हुने कुनै पनि प्रकारको धाँधली एमालेलाई मान्य नहुने बताएका छन्। निष्पक्ष निर्वाचन गराउन सरकार गम्भीर नदेखिएको उनको आरोप छ।
अनेरास्ववियुको ‘बासँग विद्यार्थी’ कार्यक्रममा ओलीले युवालाई भ्रममा नपर्न आग्रह गर्दै देशको राजनीतिक संकट समाधानका लागि एमाले चुनावमा केन्द्रित भएको बताए। आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने उनको दाबी छ।

