सबैलाई पठाउनु होला

कोरोना संक्रमण बढेपछि सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य बन्द गरेको जनाएको छ ।

सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा लागि स्वीकृति पत्र दिने कार्य बन्द गरेको जानकारी दिएको हो ।

कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) विश्वभरिनै फैलिरहेको हुँदा गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार बिहीबारदेखि अर्को सूचना जारी नभएसम्म स्वीकृतिपत्र नदिइने जनाएको हो।

स्वीकृति पत्र प्राप्त गरेर पनि ती पाँच देशमा जान नपाइने हुँदा अहिलेलाई स्थगित गरेको मन्त्रालयका उपसचिव नारायणप्रसाद पोखरेलले जानकारी दिए।

विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरूको हकमा भने स्वीकृति पत्र जारी गर्ने कार्य नरोकिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com