सबैलाई पठाउनु होला

 

काठमाडौं, १२ चैत । पाँच करोड ७० लाख रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघात कसुरमा संलग्न दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ शिवचोकका ५८ वर्षीय कृष्णप्रसाद दंगाल र चितवनको खैरहनी नगरपालिका–१० निवासी २८ वर्षीया सरिता गुनी रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहराबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूविरुद्ध धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ परेकी गुनीविरुद्ध यसअघि नै चितवन प्रहरीमा ३२ लाख र ३० लाख रुपैयाँ बराबरका बैंकिङ कसुरसम्बन्धी दुई वटा मुद्दा दर्ता भइसकेको खुलेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com