काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिले प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको राजनीति अब नदोहोरिने बताएका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले अघिल्ला सरकारहरूले प्रतिपक्षीमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको जिकिर गर्दै रास्वपा नेतृत्वको सरकारले त्यस्तो अभ्यास अन्त्य गर्ने स्पष्ट पारे।
उनले रास्वपा प्रश्न सोध्ने राजनीतिक शक्तिको रूपमा उदाएर संसदसम्म आइपुगेको उल्लेख गर्दै अब जवाफदेही भूमिका निर्वाह गर्ने चरणमा पुगेको बताए। साथै, प्रतिपक्षीले पनि सहीलाई सही र गलतलाई गलत भन्ने परिपक्व भूमिका खेल्दै सहयोग गर्नेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे।

