सबैलाई पठाउनु होला

कार्यकक्षमै विश्राम: गृहमन्त्री गुरुङको सन्देश जनताभन्दा माथि सरकार हुँदैन’

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो कार्यकक्षमै आराम गरिरहेको तस्बिर सार्वजनिक गर्दै जिम्मेवारीप्रतिको समर्पण र व्यस्तताको सन्देश दिएका छन्। सामाजिक सञ्जालमा उक्त तस्बिर पोस्ट गर्दै उनले लेखेका छन्, “निर्माता भन्दा ठूलो निर्माण हुँदैन। जनताभन्दा माथि सरकार हुँदैन।”

गुरुङले सार्वजनिक गरेको तस्बिरमा उनी कार्यकक्षमै सुतेर केहीबेर विश्राम गरिरहेको देखिन्छ। तस्बिरले उनी फुर्सदमा नभई निरन्तर कामको चापमा रहेको संकेत गर्छ। राज्यको जिम्मेवारी वहन गर्ने व्यक्तिले आफ्नो समय र श्रम जनताको सेवामा समर्पित गरिरहेको सन्देश उक्त पोस्टमार्फत प्रवाह भएको छ।

उनको यो अभिव्यक्तिले सत्ता र शक्ति अन्ततः जनताकै हितका लागि प्रयोग हुनुपर्ने सन्देश पुनः स्मरण गराएको छ। काम गर्दागर्दै थकानले कार्यकक्षमै विश्राम लिनु परेको दृश्यले मन्त्रीको कार्यव्यस्तता मात्र होइन, सेवामुखी सोचको झल्को पनि दिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com