सबैलाई पठाउनु होला

काठमाडौं ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीको खोजी तीव्र हुँदै गएको परिस्थितिमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह लाई सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने मागलाई अझ सशक्त बनाएका छन्।

सदनभित्र प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रतिपक्षी दलहरूले लगातार दबाब बढाउँदै संसदमा चर्को नाराबाजीसमेत गरेका छन्। उनीहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर जनप्रतिनिधिहरूका प्रश्नको जवाफ दिनुपर्ने अडान दोहोर्‍याएका हुन्।

यसैबीच, सभामुख डोल प्रसाद अर्याल ले प्रधानमन्त्रीसँग भेट गर्न सिंहदरबार पुगेका थिए। सो भेटमा प्रधानमन्त्री शाहले “उपयुक्त समयमा संसद् आउँला र सांसदहरूको जवाफ दिउँला” भन्ने प्रतिक्रिया दिएको जानकारी सभामुखले सदनलाई गराएका छन्।

प्रधानमन्त्रीको जवाफपछि विपक्षी दलहरूले असन्तुष्टि जनाउँदै नाराबाजी जारी राखे पनि सभामुखले कार्यसूची अघि बढाएका थिए। त्यसक्रममा नाराबाजीकै बीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ पारित भएको छ।

प्रधानमन्त्री सदनमा उपस्थित नभएपछि संसदभित्र उनको “खोजी” तीव्र बनेको राजनीतिक वातावरणबीच प्रतिनिधिसभाको अर्को बैठक आगामी वैशाख १२ गतेका लागि तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com