सबैलाई पठाउनु होला

१२ जेठ, सर्लाही  सर्लाहीको बरहथवा नगरपालिका १२ लौकट गाउँबाट प्रहरीले एक थान भरुवा बन्दुक तथा विस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका २ सुकुमबासी टोल निवासी ३८ वर्षीय बुद्धिमान घलान रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनी तीन चार जनाको समूहमा बन्दुक बोकेर हिँडिरहेका अवस्थामा देखिएका थिए। प्रहरी टोलीलाई देख्नासाथ समूहका अन्य व्यक्ति फरार भए पनि घलान पक्राउ परेका हुन्।

प्रहरीले उनको साथबाट एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने फलामको रड, प्लास्टिकको डब्बासहित ३५ ग्राम कालो धुलो पदार्थ, स्टिलको डब्बासहित १४० ग्राम कालो धुलो पदार्थ, साइकलमा प्रयोग हुने ८० वटा फलामका बल तथा पाँच वटा फलामको रडका टुक्रा बरामद गरेको जनाएको छ।

घलानविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com